Get

Home » » सधै मस्त जवान देखिन नियमित सम्भोग हुनु जरुरि

सधै मस्त जवान देखिन नियमित सम्भोग हुनु जरुरि

Written By Unknown on Monday, July 15, 2013 | 12:23 AM

सधै जवान देखिने चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।
वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा अनुसन्धान गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार गरेका महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ । उनका अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न सहयोग पूराउाछ । डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५० वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य अस्त्र हो । उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको आवेग बढि आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने सम्भावना ५० प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको थियो । नियमित सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने सम्भावना विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नु होला
Share this article :

Post a Comment