तिमी आउने खबर लगभग लगभग आइसकेको थियो, हावा नै मात्तिएर मगमग मगमग बासना ल्याइसकेको थियो’ भन्दै नायक राजेश हमाल कविता कोर्दै छन् । राजेशको कवितामा दुई पात्र छन् । एकातिर ८० को दशकको गेटअपमा नायिका करिश्मा मानन्धर राजेशलाई चुम्बन गर्दैछिन् । अर्कोतिर २१ औ शताब्दीको युवतीको भूमिकामा नव नायिका अरुणिमा लामा आफ्नो नाङ्गो शरिर हमाल माँझ प्रदर्शन गर्दैछिन् ।उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’मा यस्तै बिषयवस्तुलाई समावेश गरिएको छ । नायक हमाल करिश्मा र अरुणिमा दुबै नायिकासँग विभिन्न स्टाइलमा मस्ती गरिरहेको समयमा भेटिनेछन् ।
चलचित्रको निर्माणपक्षले राजेशको कवितालाई मुख्य आकर्षण बनाएर नयाँ प्रोमो सार्वजनिक गरेको छ । जहाँ राजेशको कवितामा करिश्मा र अरुणिमाको आ आफ्नै स्टाइल देख्न सकिन्छ । चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुवास थापालाई पनि देख्न सकिन्छ । चलचित्रले उठान गर्न खोजेको बिषयको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन
।
।
Post a Comment