Get

Home » » फिल्म ‘रङ वे’ जियाको भित्री बस्त्र खोलिन

फिल्म ‘रङ वे’ जियाको भित्री बस्त्र खोलिन

Written By Unknown on Thursday, July 4, 2013 | 8:45 PM

असार २०, यसअघि पनि अश्लिल चलचित्रहरू खेलेर चर्चामा आइसकेकी बलिउडकी नायिका जिया केसी बेला बेलामा अब फिल्ममा आफुले उत्तेजक दृश्यहरू नदिने भन्ने गर्दछिन ।
फिल्म ‘रङ वे’ जियाको भित्री बस्त्र खोलिन !यस अघिको फिल्म ‘एटीएम’मा जियाले दिएको दृश्यले एक पटक राम्रोसंग बजार तताएको थियो ।
उक्त फिल्मको उत्तेजक दृष्यहरूका कारण सेन्सर बोर्डले फिल्म प्रदर्शनमा नै रोक लगाएको थियो । त्यसपछि उनले अर्को फिल्म ‘बर्बाद’ मा पनि सकेसम्म कपडा खोलेकी थिइन् । यस फिल्म पनि सेन्सरको आँखामा पर्यो ।
हालै यिनै नायिका जियाले अभिनय गरेको अर्को नयाँ फिल्म ‘रङ वे’ को प्रोमो सार्वजनिक भएको छ । यो प्रोमो हेर्दा फिल्ममा सेक्स र अश्लिलतालाई निकै प्राथमिकता दिएको देखिन्छ । यस फिल्ममा नायिक केसीले आफ्नो भित्री बस्त्र खोलेकी छिन् । अहिले मिडियाहरूमा यस  प्रोमोलाई पनि अश्लिलताको अर्को नमूना भन्ने कुरा चर्चामा आएको छ ।
सामाजिक कथामा फिल्म निर्देशन गर्ने निर्देशक दिपक श्रेष्ठले निर्देशन गरेको ‘रङ वे’मा यस्ता दृष्यहरू देख्दा नेपाली दर्शकहरूनै अचम्मित भएका छन । यस बाहेक जियाले प्रदर्शनका लागि तयार भएको अर्को फिल्म ‘जीगिलो’मा पनि यस प्रकारका उत्तेजक दृश्यहरू रहेको बताइन्छ ।
यस प्रकारका फिल्महरू बन्न थालेपछि नेपाली दर्शकहरू समेत भड्किएको कुराले मिडियाहरूमा चर्चा पाउन थालेका छन । यस्ता फिल्महरूको निर्माणसंगै नेपाली फिल्मको भविष्य कता तिर जाने हो, नेपाली दर्शकहरू प्रश्न गर्न थालेका छन ।
Share this article :

Post a Comment