''विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना''
''पाल्पा रामपुर–६ स्थायी ठेगाना भएकी सबिना केसी बिबिएस तेस्रो वर्षमा
अध्ययनरत छिन् । सँगसँगै उनले अभिनयलाई पनि अघि बढाइरहेकी छन् । मनमनै
चलचित्रबाट अभिनयमा पाइला बढाएकी उनले केही विज्ञापन चलचित्रमा समेत अभिनय
गरिसकेकी छन् ।
अभिनयले पढाइलाई असर नपुर्याओस् भन्नेमा उनी चनाखो छिन् । भन्छिन्, ‘पढाइ र
अभिनयलाई सँगसँगै अघि बढाइरहेकी छु । यीमध्ये एकलाई पन्छाउन सक्दिनँ ।’
सानैदेखि कलाकारिताप्रति लगाव रहेको बताउने उनी पुराना दिन सम्झिन्छिन्,
‘सानैदेखि अभिनयमा खुब ‘इन्ट्रेस्ट’ थियो । सानो छँदै स्कुलमा नाटक तथा
नृत्यमा सधैँ सहभागी हुन्थेँ । अभिनयलाइ मर्यादित तवरले अगाडि बढाउन पल्पसा
कल्चर सेन्टर वनस्थलीमा अभिनय र नृत्य प्रशिक्षण समेत लिइरहेकी उनलाई यसले
अभिनयमा खाफूलाई खार्दै लगेको लाग्छ । ‘पहिलेभन्दा निकै राम्रो अभिनय
गर्ने भएकी छु, ‘म्याचुरिटी’ र प्रशिक्षणको कारण पनि हुन सक्छ,’ उनी
भन्छिन् । उसो त नृत्यमा पनि उनी उत्तिकै चाख राख्छिन् । फिल्मी क्षेत्रमा
जम्न नृत्य जानेकै हुनुपर्ने उनलाई लागेको छ । फोटो सेसनको भने उनलाई खासै
अनुभव रहेनछ । तर, उनलाई थाहा छ– ग्ल्यामर फोटोसुट भने गर्नुपर्छ । नत्र
पछि परिन्छ । ‘त्यसैले मैले आफूलाई खुलाएकी छु,’ उनले लजाउँदै भनिन् ।
'सेक्सबारे उनको पनि रेडिमेट जवाफ छ, सेक्स दुई आत्माको मिलन हो । 'सेक्सको
अनुभव यी सुन्दरीले कतिपटक गरिसकिन होला ? कुतूहलता मेट्न लजाउँदै उनले
भनिन्, कहाँ सेक्सको अनुभव हुनु । विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु ।
फिल्मी क्षेत्रमा जम्न नवप्रवेशीले जोवन दाउमा लगाउनुपर्छ भन्ने उनले पनि
सुनेकी छन् । तर, आफू ‘कम्प्रमाइज’ गर्ने खालकी केटी नभएको उनी निर्धक्क
बताउँछिन् । उनको रोजाइको भूमिका ‘नारीप्रधान’ हो ।'' खानपिनमा पनि उनी
त्यति सोखिन छैनन् । तर, चिकेन चिल्ली उनलाई ज्यादै मीठो लाग्छ । ‘चिकेन
चिल्ली मन पर्छ । तर, घरको साधारण खाना पनि उत्तिकै रुचाउँछु,’ उनी भन्छिन्
। कालो पहिरन रुचाउने यी सुन्दरी आफूलाई मन पर्ने रङ भने रातो र गुलाबी
रहेको बताउँछिन् ।'
Home »
» ''विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना''
''विवाह पछाडि मात्र सेक्सको अनुभव लिन्छु : सबिना''
Written By Unknown on Tuesday, July 2, 2013 | 8:47 AM
Related posts:
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
Subscribe to:
Post Comments (Atom)
Post a Comment