Get

Home » » ‘उर्वशी’ नितालाई सबैले हेर्न सक्ने (video)

‘उर्वशी’ नितालाई सबैले हेर्न सक्ने (video)

Written By Unknown on Thursday, July 4, 2013 | 9:50 PM

मनिष पन्थको निर्देशनमा तयार भएको चलचित्र ‘उर्वशी’ले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको जानकारी निर्माणपक्षले दिएको छ । चलचित्र हेरेपछि बोर्डका कर्मचारीले वधाई दिदै राम्रो सिनेमा बनेको प्रतिक्रिया दिएको निर्देशक पन्थले जानकारी दिए ।


चलचित्रमा अरुणिमा लम्साल, निता ढुंगाना, किशोर खतिवडा, मुकेश आचार्य, किशोर श्रेष्ठ, रश्मी भट्ट, संगम राई लिम्बुको मुख्य भूमिका छ । चलचित्रको कार्यकारी निर्माता खगेश्वर पुन रहेका छन् । चलचित्रमा बब्बु थापाको नृत्य, सानु कुमारको द्वन्द्व, रोशन लामिछानेको सम्पादन, दिव्य सुवेदीको छायांकन, विरेन्द्र अग्रहरी, विकास चौधरी र अर्जुन कौशलको संगीत छ ।

चलचित्रको प्रदर्शन मिति भने तय भैसकेको छैन । नेपाली सिनेमामा अश्लिलता भित्रिरहेको समयमा विशुद्ध सामाजिक र पारिवारिक सिनेमा बनाएकाले पनि हेर्ने सबैले मनपराएको दाबी निर्माणपक्षको छ ।
Share this article :

Post a Comment