ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या
गरेको आरोपमा पक्राउ गरेकालाई आज सार्वजनिक गरको छ । गैंडाकोट–७
सित्तलनगरमा कार्तिक ८ गते राति घरमा सुतिरहेको अबस्थामा २३ बर्षीय सुरेश
कुमालले आफ्नै हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय
गैंडाकोटका प्रहरी निरिक्षक डिल्लीनारायण पाण्डेले आज आयोजित पत्रकार
सम्मेलनमा जानकारी दिनुभयो । २८ बर्षीय काकी देवी कुमाल संग शारिरिक
सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेर
कराउन थालेपछि हजुरआमाको मुख घाँटी च्यापी हत्या गरेको र पछि काकी देवी
कुमाल चिच्याउन लाग्दा उनको पनि मुख र घाँटी थिचेर हत्या गरेको अभियुक्त
कुमालले स्विकारेका छन् । दशैंको टिका दिन शारिरिक सम्बन्ध राख्ने काकी र
हजुरआमाको हत्या गरेर फरार रहेको अबस्थामा प्रहरीको टोलीले बिरगंज जाने
बसको पछाडि सिटमा लुकेको अबस्थामा उसलाई पक्राउ गरेको हो । चारवटै नाकामा
प्रहरी परिचालन गरी घटना घटेको २३ घण्टामै प्रहरीले उसलाई पक्राउ गरेको
थियो । बैदेशिक रोजगारको क्रममा दुवईमा गएर फर्केको २२ दिनमा कुमालले
हजुरआमा र काकीको हत्या गरेको हो । यस भन्दा अगाडि पनि काकालाई डर देखाएर
काकी संग शारिरीक सम्बन्ध राख्दै आएको प्रहरी वयानमा उसले बताएको प्रहरीले
जनाएको छ । घटना घटेपछि बैदेशिक रोजगारको क्रममा कतार भएका काका समेत घर
आएका छन् । हत्या आरोपमा ईलाका प्रहरी कार्यालय गैंडाकोटले नवलपरासी जिल्ला
अदालतमा कार्तिक १४ गते जघन्य अपराध मुद्दा पेश गरेको छ । हत्यारा ओरोपित
कुमालको एक श्रीमती र तीन बर्षीय छोरी रहेका छन् ।
Home »
» काकीसंग शारिरिक सम्बन्ध राखि रहेको अबस्थामा पक्राउ परेपछि .
काकीसंग शारिरिक सम्बन्ध राखि रहेको अबस्थामा पक्राउ परेपछि .
Written By Unknown on Thursday, June 13, 2013 | 9:29 PM
Related posts:
If you enjoyed this article just click here, or subscribe to receive more great content just like it.
Subscribe to:
Post Comments (Atom)
Post a Comment