Get

Home » » महिलालाई स्तन समाउँदा किन आनन्द आउछ .....?

महिलालाई स्तन समाउँदा किन आनन्द आउछ .....?

Written By Unknown on Saturday, June 15, 2013 | 9:28 PM

स्तनको स्पर्शले महिलाहरुमा यौन आनन्द प्राप्त
हुन्छ । अर्थात् महिलाहरुको यौन
उत्तेजनामा योनी जति संवेदनशील हुन्छ
स्तनको टुप्पो पनि त्यस भन्दा कम हुँदैन । हुनत
यो यथार्थ जान्ने र भोग्नेहरुले थाहा पाएकै कुरा हो । तर
किन यस्तो हुन्छ भन्ने कुरा भने हालै मात्र वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।
अमेरिकाको रट्जर्स
विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले
गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र
योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ
अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्नु हो। योनी र
भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने
उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ
स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने
उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने गर्छ ।
त्यसैले केही महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्ने
अनुसन्धानकर्ताहरुको भनाइ छ । अर्थात् स्तनमा हुने
यहीँ संवेदनाको संचार र स्नायु सम्बन्धका कारण
स्तनको भरपूर स्पर्शले मात्र पनि महिलाले चरम
आनन्द प्राप्त गर्न सक्छिन् र उनलाई योनी र
लिंगको मिलन आवश्यक पर्दैन । आफ्नो अनुसन्धानका क्रममा अनुसनधानकर्ताहरुले
२३ देखि ५६ वर्ष सम्मका ११ जना महिलालाई
उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन
अह्राएका थिए । यसरी सिर्जना हुने
उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने
परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो ।
त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट
प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर
अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो ।
पुरुषमा पनि लिंगबाट प्रवाहित हुने
उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।
Share this article :

Post a Comment