Get

Home » » आजको राशीफल

आजको राशीफल

Written By Unknown on Thursday, June 6, 2013 | 7:03 PM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा लगानी लगाउने बेला छ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिने छ ।

बृष (, , , , बा, बि, बु, बे, बो)
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, , , , के, को, )
असल समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पहिले भएका घटनाको स्मरणले मन त्यसै एकतमासको हुने दिन छ । आम्दानीमा कमी आउने छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापारी र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपालक र कृषकले झमेला व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्त जाँदा मानसिक रुपमा सन्तोष प्राप्त हुने दिन छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूलाबडाले सहयोग गर्नेछन् । शुभ कुराको संकेत मिल्नेछ । यात्राको समय छ । लामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।
कन्या (टो, , पि, पु, , , , पे, पो)
प्रतिकूल समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साँझको समय अलि बढी निराशाजनक रहने छ ।
तुला (, रि, रु, रे, रो, ता, ति, तु, ते)
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । माया प्रेममा फसिने बेला छ, तपार्इं धेरै उम्किन प्रयास नगर्नु बेस होला । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
काम गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुन सक्छ । सानोतिनो कामका लागि पनि निक्कै खट्नु पर्छ । आर्थिक समस्या बढ्ने दिन होे आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबर पाउने योग छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
धनु (ये, यो, , भि, भु, , फा, , भे)
राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।
मकर (भो, , जि, खि, खु, खे, खो, गा, गि)
आज दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ । दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । साँझमा मनमा थोरै रमाइलोको अनुभूति हुनसक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, )
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला । मानसम्मान मिल्नेछ ।
मीन (दि, दु, , , , दे, दो, , चि)
राम्रो समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

Share this article :

Post a Comment