Get

Home » , » रातिमा नाङ्गै सुत्नुको फाईदाहरु… |

रातिमा नाङ्गै सुत्नुको फाईदाहरु… |

Written By Unknown on Wednesday, June 12, 2013 | 6:36 PM

तपाई रातमा सुत्दा लुगा फुकाल्ने गर्नुहुन्छ की हुन्न ?
सायद बाहिरी कपडा फुकालेपनि भित्री लुगा चाहीँ
फुकाल्नुहुन्न होला । अझ अहिलेको जाडो याममा त
बाहिरी लुगा समेत फुकाल्न धौ धौ हुन्छ होला ।
बाहिरी लुगा समेत नफुकालीकन सुत्दाखेरी सुत्न
अप्ठेरो हुने र निद्रा नपर्ने भएकाले भित्री लुगा वा नाइट डेस लगाएर सुत्ने चलन हुन्छ । तर
विज्ञहरुले भने सुत्दाखेरी भित्री वस्त्र समेत खोलेर
निर्वस्त्र सुत्ने गरेमा त्यो स्वास्थ्यका लागि निकै
फाइदाजनक हुने बताउँछन् ।
विज्ञहरुका अनुसार निर्वस्त्र भएर सुत्नाले
व्यक्तिको स्वास्थ्यमा धेरै फाइदा पुग्छ । निर्वस्त्र सुताई व्यक्तिको शारीरिक मात्र नभएर मानसिक
स्वास्थ्यका लागि समेत उपयोगी हुने बताइन्छ ।
विज्ञहरुका अनुसार महिलामा यौन रोगको जोखिम
कम गर्न निर्वस्त्र सुताइ निकै फलदायी हुन्छ ।
खासगरी गुप्तांगमा हुने विभिन्न
खालका संक्रमणको खतरा कम गर्न र गुप्तांग स्वस्थ राख्नका लागि निर्वस्त्र रुपमा सुत्नु आवश्यक हुने
विज्ञहरुको ठम्याइ रहेको छ । निर्वस्त्र
रुपमा सुत्दा महिलाको गुप्तांग हुने
ढुसी तथा ब्याक्टेरियाको संक्रमण नियन्त्रण हुन्छ ।
निर्वस्त्र सुत्नुको अर्को फाइदा भने
मिठो निद्रा पर्नु हो । निर्वस्त्र सुताइले तपाइँलाई निद्राका बेला सितलता प्रदान गर्छ जसका कारण
तपाइँलाई अझ गहिरो र मीठो निद्रा पर्छ ।
रातमा सुत्दा लुगा लगाएर सुत्ने बानीले
व्यक्तिको सुन्दरतामा समेत असर पूराउँछ ।
विज्ञहरुका अनुसार सुत्दाखेरी लुगा लगाउने
वा बढि न्यानो भएर सुत्दा मानिसको सरीरबाट मेलाटोनिन र ग्रोथ हर्मोनको उत्पादन कम हुन्छ ।
यस्तो हर्मोनको उत्पादन कम हुनु
भनेको व्यक्तिमा छिटै बुढयौलीका लक्षण देखिनु
हो । निर्वस्त्र सुत्नाले व्यक्तिको सरीरबाट
यस्ता हर्मोनको उत्पादन बढि हुन्छ, जसका कारण
बुढयौलीका लक्षणमा न्यूनिकरण मात्र होइन छाला र कपालको सुन्दरतामा पनि वृद्धि हुन्छ ।
निर्वस्त्र भएर सुत्नुको अर्को फाइदा पनि छ ।
त्यो के भने मोटोपन घटाउनका लागि समेत निर्वस्त्र
सुताइ कामयावी हुन्छ ।
राम्रो निद्रा नपर्दा कोर्टिसोल हर्मोनको उत्पादन
बढि हुने र यो हर्मोनका कारण व्यक्तिलाई बढि भोक लाग्ने भएकाले धेरै खाने र सोही कारण
मोटोपन बढ्छ । तर निर्वस्त्र सुत्दा पर्ने
मीठो निद्राका कारण यो हर्मोनको मात्रा घट्न गई
भोकमा सन्तुलन वा नियन्त्रण आउँछ जसका कारण
मोटोपन नियन्त्रणमा समेत सघाउ पुग्छ ।
निर्वस्त्र सुत्ने बानीले व्यक्तिमा आत्मविश्वासको लेभलमा पनि वृद्धि गर्ने
विज्ञहरु बताउँछन् ।
निर्वस्त्र सुत्ने मानिसले लुगा लगाएर सुत्नेले
भन्दा बढि यौनसुख प्राप्त गर्छन् र उनीहरुको यौन
जिवन पनि सफल बन्छ । जब दम्पतीहरु निर्वस्त्र
रुपमा ओछ्यानमा सुत्छन् तब दुबैको नांगो छालाको स्पर्शले दुबैमा लभ हर्मोन भनिने
अक्जीटोसिनको उत्पादन बढाउँछ । यसले
व्यक्तिलाई सम्भोगका लागि सक्रिय बनाउँछ र
इच्छा जागृत गर्छ अनि एक अर्कामा आकर्षण बढाउने
काम गर्छ । निर्वस्त्र सुताइले
मानिसमा सम्भोगका बेला चरम आनन्द प्राप्तिको दर पनि बढाउने बताइन्छ
Share this article :

Post a Comment