Get

Home » » पुरूषले आफूलाई प्रयोग गरिरहेको थाहा पाउने कसरी?

पुरूषले आफूलाई प्रयोग गरिरहेको थाहा पाउने कसरी?

Written By Unknown on Wednesday, June 26, 2013 | 7:14 PM

प्राय महिलाहरू पुरूषहरूले आफूलाई प्रयोग मात्र
गरिरहेको र उसले आफूलाई धोका दिन्छ भन्ने
सुइको नपाउँदा भविष्यमा निकै पिडामा बाँच्न बाध्य
हुने गरेका छन् । उनीहरुले स-साना कुराहरू विचार
नगर्दा आफू पुरूषहरूबाट प्रयोग भइरहेको कुरा थाहा नै
पाउँदैनन् र पुरूषलाई आफ्नो जीवन सुम्पिएर भविष्यमा अन्धकारको बाटोतर्फ डोहोरिने गर्छन् ।
तर यदी पुरूषको केही बानी तथा व्यवहार विचार गर्न
सके उनीहरूलाई राम्रोसँग चिन्न सकिने र उनीहरूबाट
धोका पाउने सम्भावनालाई कम गर्न सकिन्छ।
यहाँ केहि त्यस्ता उपायहरू छन् जसले महिलाहरुलाई
पुरूषले धोका दिन लागेको बारे पनि थाहा हुन्छ । १. यदी कुनै पुरूषले आफूलाई प्रयोग गरिरहेको छ भने
उक्त पुरूषले डेटिङका समयमा प्राय पुरूषले
आफ्नो खल्तिबाट पैसा निकाल्दैनन् । प्राय
जहाँ पनि पैसा तिर्नुपर्ने अवस्था आउँछ
त्यहाँ महिलाले नै पैसा तिर्नुपर्ने हुन्छ ।
यदी यस्तो भएमा उक्त पुरूष आफूप्रति इमान्दार नभएको शंका गर्न सकिन्छ । २. यदी पुरूष
साथी आफ्नो अनुकुलतामा मात्र उपलब्ध हुन्छ
या आफूलाई आवश्यकता परेको बेलामा मात्र तपाईसामू
उपलब्ध हुन्छ भने पनि पुरूषको नियत ठीक
नभएको शंका गर्न सकिन्छ । ३. यदी कुनै पुरूष पूर्ण
रूपमा तपाईसँग निर्भर रहन्छ भने पनि यस्ता पुरूषले तपाईको साथ छोड्न सक्ने सम्भावना रहन्छ । कुनै
बेला पैसाको आवश्यकता पर्यो भने या कतै सँगै
जाँदा तिर्नु पर्यो भने या अन्य कुनै बहानामा पैसा माग्ने
गरे पनि महिलाहरूले यो बुझ्न जरूरी छ की उक्त पुरूष
आफूप्रति इमान्दार छैन् र उसले आफूलाई प्रयोग मात्र
गरिरहेको छ । ४. यदी पहिले पहिले जसरी उक्त पुरूष साथीले फोन गर्न छाडेमा , म्यासेजको रिप्लाई नगर्ने
गरेमा पनि पुरूषको नियतमा शंका गर्न सकिन्छ ।
यदी यस्ता स-साना कुरामा विचार गर्न सक्नु भयो भने
महिलाहरूले आफूलाई उक्त पुरूषले धोका दिन सक्ने
सम्भावना रहेको बुझ्नु पर्छ । भिडियोहेर्न को लागि माथिको बक्स मा डबल क्लिक गर्नुहोस
Share this article :

Post a Comment