Get

Home » » १३ वर्षिय बालिका बलात्कृत, अवस्था गम्भिर (video)

१३ वर्षिय बालिका बलात्कृत, अवस्था गम्भिर (video)

Written By Unknown on Friday, June 7, 2013 | 10:15 PM

५ जेठ, डडेल्धुरा ।डडेल्धुराको आलितालमा गत बैशाख ३० गते बलात्कृत भएकी १३ बर्षिया बालिकाको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको छ। आलिताल गाविस ४ की १३ बर्षिया बालिकालाई सोही ठाउँका २४ बर्षिया भगिरत बोहराले बलात्कार गरेका थिए। बालिका अहिले बोल्न समेत नसक्ने अवस्थामा रहेकी छिन् । विवाह गर्छु भन्दै ललाईफकाई आफन्तको घरमा लगी जवरजस्ती बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । छोरी हराएको पिडितका बालिकाका परिवारले ३१ गते ईलाका प्रहरी कार्यालय जोगबुडामा उजुरी दिए पछि जेठ ३ गते आरोपित भगिरत बोहरालाई गिरफ्तार गरी हिरासतमा राखिएको छ । पीडित बालिकाको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भईरहेको छ ।
Share this article :

Post a Comment