Get

Home » » कसरी सन्तुष्ट हुन्छ, महिलाहरुको ‘मन’ ?

कसरी सन्तुष्ट हुन्छ, महिलाहरुको ‘मन’ ?

Written By Unknown on Saturday, July 6, 2013 | 12:13 AM

महिलाहरुमा सेक्ससंग सम्वन्धित धेरै समस्याहरु
हुन सक्छन् । उनिहरु लाजले त्यस समस्यालाई
कसैसंग जाहेर गर्न चाहन्नन् र गर्दैनन् पनि । तर
आमधारणाको उल्टो महिलाहरुमा पनि
पुरुषहरुलाई जस्तै यौन ईच्छा हुन्छ ।…
सहवास सहिरुपमा पूर्ण नभएमा उनिहरुलाई
मानसिक तथा शारीरिकि समस्याहरु हुन
सक्छन् । उनिहरुमा विचार र स्पर्शबाट
सेक्सको इच्छा हुन्छ । सेक्सको केन्द्र
दिमागमा रहेका हुन्छ । सेक्सको बिचार,
स्मरण या स्पर्शबाट जब उत्तेजना महसूस हुन्छ
तब सारा शरीरमा रक्त सन्चार बढछ ।
स्त्री जननांगमा उत्तेजना महसूस हुन्छ ।
यसपछि यस्तो अवस्था आउछ उनीहरुलाई
आनन्दानुभूति मिल्छ । यसैलाई ‘क्लाइमेक्स’
या ‘चरमानन्द’ प्राप्ति भनिन्छ । धेरै
महिलाहरुमा कामेच्छा नै हुदैन । सेक्सको पूर्ण
कि्रयामा कैयौं महिलाहरु आनन्द उठाउन
सक्तैनन् । पुरुष
साथीको चाहनामा उनी तयार
भएपनि बिल्कुलै सकि्रय हुदिनन् । उनिहरु
सिर्फ आफ्नो नियमित कर्तव्य ठानेर
साथीलाई निश्चल रहेर साथ दिन्छन् ।
यस्तो महिलाहरुलाई डिपे्रसन, थकाई,
तनावका कारण हुन सक्छ । बाल्यकालमा कुनै
नराम्रो दुर्घटना भएका कारणपनि सेक्सप्रति
चाहना रहदैन । यसबाहेक महिलाहरु पार्टनरले
गर्ने यौन व्यवहारको शुरुवात मन नपर्नु,
उसको शरीरको गन्ध मन नपर्नु, पुरुष
साथीको शरीरबाट धेरै पसीना आउनु,
उसको मुखबाट धुम्रपान मदिरा आदिको गन्ध
आउनु आदि । केहि महिलाहरुलाई
उनको शरीरको कुनै भागमा छोएमा दुखाई
महसूस गर्नु या मन नपराउनुले पनि उनिहरु
सेक्सबाट पन्छिन चाहन्छन् । पुरुष साथीले
सर्बप्रथम के सम्झनु आवश्यक हुन्छ भने
साथी महिलालाई के मन पर्छ र के पर्दैन । त्यसै
अनुसार अघि बढ्नु पर्छ । लामो समय
यौनकि्रया जारी राख्नाले
महिला मानसिक तथा शारीरिकरुपले तयार
हुन्छन् । जब एक्साइटमेन्ट बढी हुन्छ तब
गतिलाई तीब्रता दिनु पर्छ ।
यदि महिलाहरुमा डिपे्रशन आदि समस्याबाट
कामेच्छा भएन भने पहिले यस्को उपचार
आवश्यक हुन्छ । तनाव वा डिपे्रशनबाट मुक्त
भएपछि महिलाहरुमा कामेच्छा जाग्छ र
सहवास आनन्दमय र सुखद अनुभूतिका साथ
सम्पन्न हुन्छ । सहवासको समय पूर्व
महिला पुरुष एकआपसमा पे्मपूर्वक
एकार्काको शरीर सहलाउने र
एकार्काको शरीरमा उत्तेजना केन्द्र खोज्ने
तथा आफुलाई मनपर्ने कुरा एकले अर्कोलाई
बताउने गर्नुपर्छ । यसबाट महिलाहरुमा यौन
प्रति रुची बढछ । सहवास चरमोत्कर्षमा पुग्छ
। सहवासको समय
महिलाहरुको जननांगदेखी बहने या निस्कने
चिल्लो पदार्थ (लुबि्केशन) बाट
महिलाहरुको उत्तेजना मापन गरिन्छ । कुनै
महिलामा यसको कमीको समस्या रहेको हुन्छ
। योनीमा चिल्लोपन नभएमा सहवास निकै
पीडादायक हुन्छ । यसको कमी हुनुमा तीन
प्रमुख कारण हुन सक्छन् । इन्फेक्सन
हार्मोनमा गडबडी या उचित तरिबाबाट
सहवास नहुनु । यदि स्त्री जननांग चिलाउछ,
रगत आउछ, कपडामा टाटाहरु हुन्छन या निकै
दुर्गन्ध आउछ भने त्यस्लाई इन्फेक्सन भनिन्छ ।
हार्मोनमा गडबडी या एक्स्ट्रोजनको कमी
महिलाको मीनोपाज पछि बढी हुन्छ । र
पुरुषले महिला पार्टनरको चाहना नबुभनु र
सहवासको समय
महिलाको चाहनानुसारसम्म नहुनुले
पनि यसको कारण बन्न सक्छ । कुनै
महिलामित्रलाई
सहवासका बेला पीडाको अनुभूति हुन्छ । कुनै
बेला त यो पीडा यति धेरै हुन्छ
कि महिलालाई सेक्सबाट पन्छिन मन लाग्छ
। पुरुष साथीलाई
उनको पीडाको अनुभूति हुदैन उसलाई लाग्छ
उनले सहवासमा सहयोग दिएकी छैनन् । यसले
जोडीमा झगडाको अवस्थापनि आउन सक्छ ।
यस समस्यालाई पीडादायक सहवास ,पेनफुल
इन्टरकोस्र, अर्थात डिस्परयुनिया भनिन्छ ।
यस अवस्थामा चिकित्सकको सल्लाह र
उपचारविना सहवास
गरेमा बढी समस्या उत्पन्न हुन्छ । महिला पुरुष
वीच सम्वन्ध
बनाउदा पीडा हुनुमा योनीबाट
चिल्लो पदार्थमा कमी हुनु
या सही तरिकाले सहवास फोरप्ले नहुनु
हुनसक्छ । इन्फेक्सन या ओवरीमा रगत जम्नाले
पनि यो समस्या हुनसक्छ ।
एन्डोमेटि्रयोसि सका लागि हार्मोन
थ्यारापी या फेरी आवश्यकता परेमा
लेप्रोस्कोपी पनि गरिन्छ ।
महिलाहरुमा सहवासको अनिच्छा हुनुमा कुनै
बाहिरी बस्तु योनी भित्र प्रवेश गर्ने डर
पनि एक कारण हुनसक्छ ।
यसो भएमा संभोगको कोशिश
या संभावनाको आभास मिल्दा साथ
जननांगको बहिरपट्टिको एक तिहाई
भागमा अनैच्छिक संकुचन आउछ । यसले समागम
हुन पाउदैन यदि साथीले जबरजस्ती सहवास
गर्न खोजेमा यसबाट बढी समस्या र पीडा हुन
सक्छ । यसको उपचार कुनै औषधि र सर्जरीबाट
सम्भव छैन । यो मानसिक
बिमारी हो यसलाई सम्झाई बुझाईबाट धेरै
हदसम्म हटाउन सकिन्छ ।
यसरी महिलाको मनबाट सेक्स सम्वन्धि डर
भगाउन मद्दत मिल्छ । महिलालाई सम्झाई
बुझई गरिन्छ कि उनका जननांग रबरजस्तै
इलास्टिक हुन्छ र त्यो आवश्यकता अनुसार
ठूलो हुन्छ । यसबाट महिलाको दिमागबाट
त्रास मेटिन्छ र मानसिकरुपमा राहत महसूस
गर्छन् ।
यसपछि एक खास थ्यरापीको माध्यमबाट
जननांगमा बाहिरी बस्तुको छुवाईप्रति सहज
गराईन्छ । महिलाहरुले पिशावलाई रोक्ने
छोडने-रोक्ने छोडने कि्रयालाई
निरन्तरता दिदैगरेमा जननांगमा नियन्त्रण
रहन्छ । यस अवस्थामा चिकित्सकहरु के
सल्लाह दिन्छन भने सम्वन्ध कायम गर्ने समय
प्रवेशको काम महिलाहरुले गर्नु उचित हुन्छ ।
किनकि उनिहरुलाई
थाहा हुन्छकि कति बेला प्रवेशका लागि
उपयुक्त समय कतिखेर हुन्छ ।
महिलाहरुको गुनासो हुन्छकि उनको साथीले
उनलाई सन्तुष्ट नगराईकनै छोडिदिन्छ ।
कसैलाई क्लाईमक्स हुदैन, कसैलाई हुन्छ गर
अनुभूति हुदैन । कुनै महिलाहरुलाई
चिल्लो पदार्थ बग्ने मौकैमा क्लाईमेक्स हुन्छ
भने कसैलाई निकै समय पछि सन्तुपटी मिल्छ ।
बास्तवमा चरमानन्द
प्राप्तिको बेला महिलाको जननांगमा
लयात्मक संकुचन अनुभूति हुन्छ र मन एकदमै
शान्त रहन्छ । तर यस्तो लयात्मक संकुचन दश
मध्य आठ महिलाहरुमा मात्र हुन्छ । तर
यस्तो होईनकि बांकी दुई महिलाहरुलाई
चरमान्द प्राप्ति हुदैन ।
उनिहरुलाईपनि क्लाईमेक्स हुन्छ तर
यस्को अनुभूति हुदैन । केहि महिलाहरुलाई
पुरुषहरुलाई शिघ्रपतन भए जस्तै शीघ्रस्खलन हुन्छ
। यस समस्याको कारक महिला पुरुष दुबै हुन
सक्छन् । सामान्यतया महिलाहरु सोंच्छन
साथीलाई सन्तुष्ट पार्नुनै उनको कर्तब्य हो ।
यस सांचका कारण उनले
आपुनो ईच्छा साथीलाई व्यक्त गर्दैनन् ।
अर्कोतिर पुरुष आफु सन्तुष्ट
भएपछि महिला मित्रका बारेमा पटक्कै
सोंच्दैनन् । पुरुषले
आफ्नो महिला मित्रको ईच्छा बुभुनु आवश्यक
छ । भनिएको पनि छ- ‘उत्तम पुरुष त्यो हो,
जो महिलाले जाहेर नगरेपनि उनको कुरा बुझेर
उनलाई सन्तुष्ट पार्छ । मध्यम पुरुष त्यो हो,
जो महिलाले ईच्छा जाहेर गरेपछि सन्तुष्ट
पार्छ र अधम पुरुष त्यो हो, जो महिलाले
चाहंदा चाहंदैपनि उनलाई असन्तुष्ट
छोडिदिन्छ
।’महिनावारीका बेलापनि यदि दुबै
जोडीमा यौनैच्छ जागृत भएमा सहवास गर्न
सकिने बताउछन सेक्सोलोजिष्टहरु । यस
समयमा सहवास गर्नाले गर्भधारणको डर
नहुनाले यस अवस्थालाई सुरक्षित मान्ने
गरिन्छ । तर कोहि यसलाई हाइजनिक
मान्दैनन् । यस्तोमा कण्डमको प्रयोग उपयुक्त
हुन्छ । पुरुषहरु जस्तै महिलाहरुपनि स्वयंलाई
सन्तुष्टपार्न मास्टरबेशन गर्छन् ।
एक्सपर्टका अनुसार करीब ५० प्रतिशत
महिलाहरु यस्तो गर्छन् । यस पकि्रयाबाट कुनै
हानी हुदैन । यसमा गर्भाधानको चान्स रहदैन
। यस कि्यामा पुरुष
आपुनो इच्छा महिलामा लाद्न पाउदैन ।
महिलाको जननांगमा यस्तो क्षेत्र हुन्छ
जहां सेक्स सम्वन्धि संवेदनशीलता बढी हुन्छ ।
त्यो भाग योनीको दुई इन्च भित्र हुन्छ ।
उत्तेजना आएपछि यो भाग केहि फुल्छ र
केहि कठोर हुन्छ । महिलाहरुलाई
यहि भागमा छुनाले या घर्षण हुनाले
सबभन्दा बढी सन्तुष्टि मिल्छ
Share this article :

Post a Comment