यौनलाई सन्तान उत्पादनबाहेक आनन्द र
मनोरञ्जनका रूपमा पनि हेरिएको पाइन्छ । तर, यौनसम्बन्ध हुनासाथ
आनन्दानुभूति हुन्छ नै भन्ने ग्यारेन्टी पनि नहुन सक्छ । सुखी यौनजीवन र
सन्तुष्टिका लागिथुप्रै कुराले भूमिका खेलिरहेका हुन्छन् । यीमध्ये
महत्त्वपूर्ण कुरा हो– सकारात्मक सोच । सकारात्मक सोचका साथ हुने शारीरिक
सम्बन्धले यौन जीवनलाई आनन्दपूर्ण बनाउने विभिन्न सर्वेक्षणले देखाएका छन् ।यौनसम्बन्ध राख्दा मानसिक, शारीरिक तथा आत्मिक रूपमा समन्वय भए मात्र आनन्दको गहिराइमा पुग्न सकिने स्वास्थ्यविद्हर ूको धारणा छ । सकारात्मक सोचले मानव शरीरमा भएको एस्ट्रोजन तथा टेस्टोस्टटेरोन हर्मोनलाई जगाउँछ । यो जाग्नु भनेको यौनेच्छा जागृत हुनु हो । यौन क्रियाकलापका बखत रमाइला कुराकानी गरेर गम्भीरपन हटाउन सक्नुपर्छ । एकअर्कासँग एकदमै खुलेर कुराकानी गर्दापनि रमाइलो हुन सक्छ । यौनसम्पर्क राख्ने क्रममा एकअर्काको भावना बुझ्ने प्रयास गर्नुपर्छ ।
कुनै एकमा यौनसम्पर्क राख्ने मुड छैन भने प्रेमिल कुराकानीबाट मुड जगाउने प्रयास गर्नुपर्छ । यौनसम्पर्क राख्ने क्रममा कसैको मनमा नकारात्मक सोच या शंका भए त्यसलाई निवारण गर्नेतर्फ ध्यान दिइहाल्नुपर्छ । शारीरिक समागमकाक्रममा एकअर्काका प्रत्येक अंगसँग नजिकिन जरुरी हुन्छ । यौनसम्बन्धको बखत कम बोलेर एकअर्काप्रति दत्तचित्त भएमा यौनकार्यले आनन्दमय गति लिन्छ । यी सबै कुरामा सकारात्मक हुन सक्यो भने मात्र यौनजीवन सुखमय र आनन्ददायक हुन्छ । अनि त्यसले दाम्पत्य जीवनमा पनि सुमधुरता ल्याइदिन्छ ।


Post a Comment