Get

Home » , , » जब सेक्सका लागि समय छैन

जब सेक्सका लागि समय छैन

Written By Unknown on Thursday, January 16, 2014 | 8:39 AM

रितु एक प्रतिष्ठित कम्पनिमा कर्मचारीका रुपमा काम गर्छिन् । उनको श्रीमान रितेश पनि एक मल्टिनेशनल कम्पिनिमा मेनेजर पदमा कार्यरत छन् । दुवै जना अफिसको कममा १२–१४ घण्टाको समय बिताउछन् । बेलुका घर पुगेपछि उनीहरु धेरै थकित हुन्छन् र ओछ्यानमा पुगेपछि निदाउन थाल्छन् । शनिबार बिदाको दिन मात्र उनीहरुलाई एक अर्कासाग बोल्ने फूर्सद हुन्छ ।

यदि शनिबार पनि कार्यलयको मिटिङ भइदियो भने त एक अर्कामा बोल्ने अवसर नै मिल्दैन । व्यस्त दिनचर्याका कारण बिहे भएको एक वर्षको बीचमा उनीहरुको यौनजीवन रमणीय बन्न सकेको छैन । यद्यपी निजी कम्पनिमा कार्यरत धेरै दम्पतीको यस्तै अवस्था छ । कामको बोझले उनीहरुलाई सेक्स बारे सोच्ने फूर्सद नै हुदैन । तर बैवाहिक सम्बन्धलाई प्रगाढ बनाउन सेक्स महत्वपूर्ण आधार मानिन्छ ।

कामको बोझ जीवनको बाधक
निजी क्षेत्रमा घण्टौं काम गर्ने व्यक्तिको थकित शरीरका कारण यौन जीवनमा नकारात्मक असर पर्ने गरेको पाइन्छ । ब्रिटेनमा भएको एक सर्वेक्षणले धेरै समयसम्म काम गर्ने हरेक ५ जनामध्ये एक जना व्यक्तिको यौन जीवन नाजुक बन्ने गरेको देखाएको छ । लामो समयसम्म काम गर्ने कारण हाम्रो देश नेपालमा पनि धेरै दम्पतीको यौन जीवन नराम्ररी प्रभावित भइरहेको छ । धेरैबेरसम्म काम गर्नेहरुको यौन जीवनमा निम्न असर पर्न सक्छ ।

असर
आन्तरिक कुराकानी गर्ने समयको कमी हुन्छ । थकानका कारण सेक्सईच्छा हुादैन । यौनस्वादको अनुभूति हुदैन । ओछ्यानमा सम्बन्धको महशुस हुदैन । शारीरिक सम्पर्कको बेला महिलामा यौन रसको समस्या हुन्छ र सेक्सको आनन्द मिल्न सक्दैन । पुरुषको उत्तेजनामा समस्या आउछ र इरेक्सन (यौन सम्पर्क गर्न मन नलाग्ने) हुन्छ । सेक्सको कुनै अनुभव हुदैन । कामेच्छामा कमी आएका कारण दम्पति बीचको दूरी बढ्दै जान्छ । यसरी व्यस्त जीवनका कारण तपाईं आफ्नो करिएरमा सम्झौता गर्न सक्नुहुन्न । त्यसैले व्यक्तिगत वा पेशागत जीवनमा तालमेल गराउन केहि कदम उठाउन आवश्यक छ ।

जीवनसाथीसाग इमान्दार रहने
जीवनसाथीसाग तपाईको माया स्पर्श र साथ नै महत्वपूर्ण हुन्छ । जीवनसाथीसाग मनका कुरा एक आपसमा बताउनुस् । एक आपसमा कुनै कुराकानी नभएमा तपाईहरुको भावनात्मक दूरी बढ्दै जान्छ । आफ्नो जीवन साथीसाग कुरा गर्ने समय अवश्य निकाल्नुस् । यसले एक अर्काको व्यस्तता बुझ्न सकिन्छ र जीवनसाथीबाट समय नदिए पनि उपेक्षित महसुस...
Share this article :

Post a Comment