Get

Home » » चरम आनन्द प्राप्त गर्न सेक्स गर्ने तरिकाहरु

चरम आनन्द प्राप्त गर्न सेक्स गर्ने तरिकाहरु

Written By Unknown on Thursday, June 13, 2013 | 9:41 PM

स्कूल, क्याम्पसको कोर्समा समेत पढ्नुपर्ने भएकाले यससम्बन्धी जिज्ञासा र कुरा हुनु स्वभाविक पनि हो । त्यसमाथि एचआईभी एड्स लगायतका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले यसबारेमा खुलेर कुरा गर्न प्रेरित पनि गर्दै आएका छन् । तर यौन शिक्षा अर्थात यौनका बारेमा खुलेर कुरा गर्न उनीहरुले दिएको प्रेरणा सबै ठाउँमा लागू भएको छैन ।यौन शिक्षाको क्षेत्रमा काम गर्ने जानकारहरुका अनुसार किशोर किशोरीले यौनको बारेमा खुलेर कुरा गर्न सक्ने भएपनि धेरै अझै संकोच मान्छन् ।
विद्यालयमा प्रजनन शिक्षा पढाउने शिक्षक शिक्षिकाले समेत लाज मानेर त्यो च्पाप्टर पढाउँदैनन् । कतिपय ठाउँमा विद्यार्थी आफैंले पढेर जाँचमा उत्तर दिनुपर्ने बाध्यता छ । किशोर किशोरी तथा युवा वर्गलाई लक्षित गरी नेपाल रेडक्रस सोसाइटी र रेडियो अडियोले यूएनएफपीएको सहयोगमा गरेको 'बृहत यौनिकता शिक्षाः हिजो, आज र भोलि' विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यौनिकता शिक्षालाई सहज रुपमा स्वीकार्नु पर्नेमा जोड दिएका छन् । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामकृष्ण महर्जनले यौनिकता शिक्षाका विषयमा नेपाल अन्य देशभन्दा अगाडि रहेपनि यसको विषयमा राज्यको बजेट न्यून रहेको बताउनुभयो ।शिक्षा विभाग पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक डा. बालकृष्ण रञ्जितले बौद्धिक जमात समेत यौनका विषयमा संङकीर्ण रहेको बताउनुभयो । उहाँले किशोर किशोरी र युवा वर्गलाई यौनिक शिक्षाकाबारेमा जानकारी दिन २०५६ सालमा विद्यालय तहको पाठ्यक्रममा यौनिक शिक्षाका विषयवस्तु राखेपनि विरोध गरी हटाउन दवाव दिएको गुनासो उहाँले गर्नुभयो । तर आधुनिक समाजको परिवर्तनसंगै युवाहरुले नै माध्यामिक तहको पाठ्यक्रममा यौनिकताको शिक्षाको माग गरेपछि पाठ्यक्रम विकास केन्द्र यो वर्षदेखि कक्षा ६ बाट यौनिकता शिक्षालाई समावेश गरी स्वास्थ्य तथा जनसंख्या अनिवार्य विषय समावेश गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा रेडक्रस सोसाइटीका कार्यकारी प्रमुख उमेश प्रसाद ढकाल, कार्यक्रम अधिकृत बालकृष्ण सेढाईं र सञ्चारकर्मी दीपेन्द्र खनियाले लगायतकाले वर्तमान नेपाली समाज र यौनिकता शिक्षाका लागि युवाहरुलाई जागरुक बनाउनुपर्नेमा जोड दिए । यौनका विषयमा नेपाली समाज अझैपनि खुला हुन नसकेको र यौन शिक्षालाई गलत रुपमा हेर्नेहरु समेत रहेकाले यसलाई व्यवस्थित गर्नुपर्ने उनीहरुको भनाई थियो । यो पिढीलाई समाज तथा राष्ट्रले यौनका विषयमा सही सूचना दिन नसकेको खण्डमा दुर्घटना निम्तिने सम्भावना पनि उत्तिकै छ । विगतको समाज भन्दा आजको समाज निकै आधुनिक सूचना प्रविधिका कारण निकै परिवर्तनशील छ । जसले किशोर तथा युवाहरुलाई यौनका विषयमा सु-शुचित तुल्याउन बाध्य बनाएको छ । के छ अवस्था ? त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. रामकृष्ण महर्जनले यौनिकता शिक्षाः हिजो, आज र भोलिको विषयमा बँुदा नै तयार पार्नुभएको छ । हिजो · यौनिकता शिक्षालाई सहज रूपमा स्वीकार्न सक्ने अवस्था थिएन । · वि. सं. २०५६ देखि नेपालको विद्यालय पाठ्यक्रममा स्वास्थ्य शिक्षाअन्तर्गत यौनिकता शिक्षालाई समावेश गरेको थियो ।
यौनिकता शिक्षा अध्यापनको लागि शिक्षक तालीम र अध्यापन सहज थिएन । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक समेत यौनिकता शिक्षा सम्बन्धमा सकारात्मक देखिएन । यो समस्या संयुक्त राज्य अमेरिका जस्तो विकासको चरम विन्दूमा पुगेका राष्ट्रमा पनि देखेका थिए । अमेरिकी कङ्ग्रेसले सन् १९९८ देखि २००२ सम्म प्रत्येक वर्ष ५ करोड डल्लरका दरले संयमतामा आधारित यौनिकता शिक्षामा खर्च गरे । विवाहपूर्व वा पर स्त्री परपुरुष गमनलाई निरुत्साहित पार्ने र यौनसम्पर्कबाट टाढा रहनु नै एक मात्र अनिच्छित गर्भ रहनुबाट बच्ने र यौन प्रसारित र एचआईभी सङ्क्रमणबाट बच्ने बलियो आधारको रूपमा लिन थालियो र विद्यार्थीहरूलाई पनि त्यही दिशामा अध्यापन गर्न थालियो । · जर्ज डब्ल्यू बुस प्रशासनले संयमतामा आधारित यौनिकता शिक्षाको वकालत गर्दै सन् २००३ मा १२ करोड डल्लरको बजेट स्वीकृत गरी मुलुकभर यो शिक्षालाई लागू गर्ने प्रयास गरे । त्यति मात्र नभई त्यो वर्ष ५ करोड डल्लर त विवाह नहुँदासम्म संयमतामा आधारित यौनिकता शिक्षा प्रदान गर्ने कानुन बनाउनुमैं खर्चिन थाले । · संयमतामा आधारित यौनिकता शिक्षाको प्रबर्धनको लागि थुप्रै प्रयासहरू गरिए । विभिन्न सङ्घ संस्थाहरूले पनि संयमतामा आधारित यौनिकता शिक्षाको लागि आर्थिक स्रोत जुटाउने प्रतिवद्धता देखाए । यसको प्रभाव अन्य दातृ राष्ट्रमा पनि पर्न गयो । · ठूलो धनराशी खर्च गरेर ल्याएको कार्यक्रमले विवाहपूर्व गरिने यौनसम्पर्कलाई कम गर्न सकेन, किशोरीहरूको गर्भधारण गर्ने क्रमलाई पनि कम गर्न सकेन र एचआईभी सङ्क्रमणलाई पनि रोक्न सकेन । · अल्पज्ञान र सूचनाको कारण देखापरेका समस्यालाई सुल्झाउनका लागि यौन तथा प्रजनन अधिकारवादी, महिला र लैङ्गिक अधिकारवादी, स्वास्थ्य अधिकारवादी सङ्घहरूले यी समस्यालाई समाधान गर्ने प्रमुख मन्त्र भनेकै बैज्ञानिक र व्यावहारिक शिक्षा भन्दै आÏनो पैरवीलाई अगाडि सारे । · नेपाल सरकार शिक्षा मन्त्रालय, उच्चमाध्यमिक शिक्षा परिषद् र त्रिभुवन विश्वविद्यालयले किशोरकिशोरीका यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयवस्तुलाई विद्यालय, उच्च माध्यमिक तह र क्याम्पस तहका पाठ्यक्रमहरूमा पुरै वा आंशिक रूपमा लागू गरिसकेको छ ।
नेपाल परिवार नियोजन सङ्घले बृहत् यौनिकता शिक्षा शिक्षक सन्दर्भ सामग्री र शिक्षक तालीम सामग्री लगायत साथी शिक्षासँग सम्बन्धित अध्ययन सामग्री निर्माण गर्ने, युवाहरूलाई परिचालन गरी दौतरी शिक्षामार्फत सचेतना कार्यक्रम चलाउने र विविध किसिमका यौनिकतासम्बन्धी शिक्षण सामग्री उत्पादन तथा वितरण गर्दै आएको छ । · नेपाल परिवार नियोजन सङ्घ, यूएनएफपीए, शैक्षिक जनशक्ति विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र तथा विभिन्न गैर सरकारी सङ्घसंस्थाहरूले शिक्षक तालीम दिने गरेको छ । आज · गैर सरकारी सङ्घहरूको समन्वय समितिको पहलमा भएको पैरवी कार्यक्रम, स्वास्थ्य तथा शारीरिक शिक्षाका विद्यार्थीहरू र प्राध्यापकहरूको आन्दोलनले विद्यालय तहबाट लगभग हटाउन खोजेको स्वास्थ्य शिक्षा विषयलाई यथावत कायम गर्न सफल भएको छ ।
कक्षा ६ देखि ८ सम्म र कक्षा दशमा बृहत् यौनिकता शिक्षा समावेश भएको छ । · शिक्षाशास्त्र सङ्कायको स्नातकोत्तर कार्यक्रममा बृहत् यौनिकता शिक्षाको एउटा छुट्टै पत्र राखिएको छ । · मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको स्नातक कार्यक्रममा बृहत् यौनिकता शिक्षाको एउटा छुट्टै पत्र राखेको छ । · विद्यालयहरूमा स्वास्थ्य शिक्षा शिक्षकको व्यवस्था भएको छैन । · यौनिकता शिक्षा अध्यापन गर्ने शिक्षकले पर्याप्त किसिमले अध्यापन गर्न सकेका छैनन् । · बृहत् यौनिकता शिक्षासम्बन्धी अध्ययन सामग्री पर्याप्त मात्रामा उपलब्ध छ । · विवाहपूर्व यौन सम्पर्क गर्ने प्रवृत्ति बढेको छ तर सुरक्षित यौन व्यवहारबारे आवश्यक ज्ञान र सीपको कमी छ । सुरक्षित यौन व्यवहारसम्बन्धी सीपको खाँचो छ । भोलि · गैर सरकारी सङ्घहरूको समन्वय समितिको क्रियाकलाप, विद्यार्थीहरू र प्राध्यापकहरूको आन्दोलनलाई निरन्तरता दिनुपर्छ ता कि योजनाकारहरू विषयसँग सम्बन्धित निर्णयहरू गर्न बाध्य होस् । ·विद्यालयमा सम्बन्धित विषय शिक्षकको दरबन्दी सिर्जनामा विशेष पहल गर्नुपर्ने देखिन्छ । · औपचारिक शिक्षामा मात्र बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदा विद्यालय नजानेहरूका लागि सम्बोधन नहुने भएकोले अनौपचारिक शिक्षामा पनि यसलाई समावेश गरी लग्नुपर्ने देखिन्छ । · अध्ययन सामग्रीको उपलब्धताले मात्रै विद्यार्थीहरूको अभिवृत्तिर व्यवहारमा परिवर्तन ल्याउन सक्दैन त्यसैले शिक्ष तालीममा विशेष जोड दिनुपर्छ । · विवाहपूर्व यौन सम्पर्क गर्ने प्रवृत्ति बढेको छ तर सुरक्षित यौन व्यवहारबारे आवश्यक ज्ञान र सीपको कमी छ । सुरक्षित यौन व्यवहारसम्बन्धी सीपको खाँचो छ
Share this article :

Post a Comment