एक अध्ययनले सयमा दश जना मानिसले आफ्नो कार्यालयमै सम्भोग गर्ने गरेको
देखाएको छ । रोजगारी सम्बन्धी एक इन्टरनेट साइट ग्लासडोरले गरेको
सर्भेक्षणले यस्तो देखाएको हो । आफ्ना १ हजार जना प्रयोगकर्तामा गरिएको
अनलाइन सर्भेक्षणका क्रममा दश प्रतिशतले कार्यालयमै प्रेम र यौनलाई मूर्त
रुप दिने गरेको बताएका छन् । ५१ प्रतिशत मानिसले कार्यालयभित्र आफ्नो
सहकर्मीसाग प्रेम गर्न तथा सेक्स गर्नु कुनै नराम्रो काम नभएको बताए । सयमा
३७ जनाले सहकर्मीसाग रोमान्टिक गफ तथा अन्य व्यवहार गर्ने गरेको बताए ।
यता २२ प्रतिशतले भने आफुले कार्यस्थलमा सहकर्मीसाग कुनै प्रेम तथा यौनजन्य
कार्य नगरेको स्पष्टीकरण दिएका छन् । कतिपय मानिसहरु आफुले कार्यालयमा
प्रेम तथा यौनजन्य काम नगरेपनि आफ्ना सहकर्मीको भने खुबै चियोचर्चो गर्दा
रहेछन् । सर्भेक्षणका क्रममा ४१ प्रतिशतले आफ्ना केही सहकर्मीले कार्यालयमा
यौनजन्य गतिविधि गर्ने गरेको सुइाको आफुले पाएको बताए । यद्यपि
सर्भेक्षणको यो नतिजा सबै देशका सबै कार्यालयको हकमा नमिल्न सक्छ । तथापि
यसले कार्यस्थलमा हुने रोमान्स तथा यौनजन्य गतिविधि बढिरहेको र समाजमा
खुलापन बढिरहेको कुरालाई इंगित गर्ने बताइएको छ ।
video Herna Tala Click Garnuhosh
video Herna Tala Click Garnuhosh
Post a Comment