Get

Home » » कति उमेरमा सेक्स गर्दा बढि मज्जा ?

कति उमेरमा सेक्स गर्दा बढि मज्जा ?

Written By Unknown on Saturday, June 15, 2013 | 9:36 PM

सामान्यतया कुरकुरे बैँश अर्थात्
किशोरावस्थाको समयमा मान्छे
सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र
त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले
सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।
तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८
वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक
हुने देखाएको छ । तर पुरुषको हकमा भने
सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष
रहेको बताइएको छ ।
महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५
वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय
हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७
वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् ।
यस्तै पुरुषहरुको हकमा औषतमा १८
वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि
सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन
मार्फत गरिएको यो अध्ययन एक यौन
खेलौना उत्पादक कम्पनीले गरेको हो ।
यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष
तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।
Share this article :

Post a Comment