बिहानको दश बज्नै
लाग्दा काँडाघारी प्रहरी बिटमा एक बालिका दौडदै
आइन् । सडक बाहिर घाम तापेर
उभिरहेकी महिला प्रहरीलाई समातिन् ।
अनि बोलिन् 'आन्टी मलाई बाबाले
जथाभाबी समात्यो' ड्युटीमा रहेकी ति महिला प्रहरी झस्किन् ।
अनि सोधिन्- के भो ? ति बालिकाले (झड्केलो)
बाबुले आफ्नो यौन शोषण गरेको बताईन् ।
ति १० बषिर्य बालिकाले
आमा चर्चमा प्रार्थना गर्न गएका बेला बाबुले आफु
माथी यौन शोषण गरेको बताइन् । काँडाघारी चौकीका प्रहरी तुरुन्त ति बालिकाले
देखाए तर्फ लागे । उनको घर पुग्दा एक
महिला चिच्याइ रहेकी थिईन् । 'नानी बोकेर
उता भाग्यो, सर' भन्दै कराउँदै थिईन् ।
ति महिला बालिकाकी आमा थिईन् । प्रहरीहरु
छरिएर त्यो ब्यक्तिलाई खोज्न थाले । अलि पर ति ब्यक्ति ६ महिनाकी नानी च्यापेर
दौडिरहेका बेला प्रहरीले समात्यो ।
जवर्जस्ती करणी अभियोगमा खोटाङका राई
महानगरीय प्रहरी बृत
नयाँ बानेश्वरको हिरासतमा छन् ।
खासमा के भएको हो ? ति बालिकाकै शब्दमा - मेरो घर सिन्धुपाल्चोकको तातोपानी हो ।
मेरो आमाले २ बर्ष अघि यो बाबा -जङबहादुर राई)संग
बिहे गरेको हो । आमाले यो बाबासंग बिहे
गरेपछि तातोपानीको बुवाले मलाई काँडाघारीकै एक
जना आन्टीको घरमा राखिदिनु भएको थियो । म
आन्टीको घरमा बसेर न्यु स्टार स्कुलमा ३ कक्षा पढ्दै थिएँ । अस्ति दशैंमा घर -तातोपानी) गएको बेला मैले
बुवालाई आमाको बारेमा सोधेँ ।
मामाघरको हजुरआमालाई आमा बस्ने ठाउँ थाहा रहेछ ।
हजुरआमाले मलाई र बहिनीलाई आमाको घर
ल्याइदिनु भयो । मैले त्यो बेला घर जाने बाटो याद
गरेकी थिएँ । आमालाई भेटेर म काँडाघारीमा आन्टीको घर गएँ । तर मलाई
आमा बिना बस्न मन लागेन । पढ्न पनि मन लागेन ।
अनि म भागेर आमा भएको ठाउँमा आउँथे । स्कुल
पनि जान छाँडे । आमाले मलाई नआईज भनेर धेरै पिट्नु
भयो । पढाउने, खुवाउने मसंग पैसा छैन भन्दै
गालामा पिटेर पठाउनु हुन्थ्यो । आन्टीको घरमा पुर्याउन जानु हुन्थ्यो । तर म
फेरी भागेर आउँथे ।
म धेरै भाग्न थालेपछि आमाले मलाई आफैसंग राख्न
थाल्नु भयो । म र बहिनी आमासंग बस्न थालेको २
महिना जति भयो । आमासंग बस्न
थालेपछि फि तिर्न नसकेर स्कूलले निकालिदियो । आमा सधैं बिहान संगतीमा जाने
भएकाले म नै खाना बनाउँथे । बाबा घरमा रङ लगाउने काम
गर्नुहुन्छ । यो बाबाले मलाई पहिले पनि मेरो छाती र
पिसाब गर्ने ठाउँमा छुने गर्नुहुन्थ्यो । अस्ति पुष २८
गते दिउँसो बाबा खाना खान घर आउनु भयो ।
मेरो बहिनीलाई घाम ताप्न बाहिर पठाएर मलाई कोठामा काम छ भन्दै भित्र लगेर जबरजस्ती गर्नु
भयो । म रोएँ, चिच्याएँ । उहाँले मेरो मुख हातले थुन्नु
भयो । आमा वा अरु कसैलाई सुनाइस भने तँ,
तेरो बहिनी र आमा दुबै जनालाई मार्छु भन्नुभयो ।
अनि मैले डरले भनिन । अस्ति १ गते
सक्रान्तिको दिन पनि आमा संगतीको लागि भनेर बिहानै सानो बहिनी बोकेर जानु भयो । म
घरमा बहिनीसंग थिएँ । बिहानै कता जानु
भएको थियो कुन्नी बाबा दिउँसो खाना खान आउनु
भयो । बहिनीलाई त्यसरी नै घाम ताप्न पठाएर मलाई
खाना पस्किन बोलाउनु भयो । भित्र पस्ने
बित्तिकै बाबाले मेरो हात समातेर ओछ्यानमा लैजानु भयो । म रोएँ । आमालाई भनिदिन्छु भन्दै भागेँ ।
उहाँले लखेटेर मलाई फेरी समात्नु भयो । अनि मुख थुन्दै
कपडा खोलेर पहिलाको जस्तै गर्नु भयो । बाहिर घाम
तापेर बसिरहेकी बहिनी म धेरै बेर
नआएपछि कोठामा आउन खोजिछ ।
ढोका नखुलेपछि उसले झ्यालको पर्दा हटाएर हेर्दा बाबाले मेरो मुख थुनेर
जबरजस्ती गरेको देखेपछि ऊ पनि कराई ।
बाबा हतपत ढोका खोलेर बाहिर गएर बहिनीलाई
भित्र ल्याउनु भो । दुबै जनाको हात समातेर कसैलाई
सुनायौ भने सबैलाई मारिदिन्छु भन्नु भयो ।
बाबा खाना नखाई जानु भो । म र बहिनी अंगालो हालेर रोयौं । म, बहिनी र आमालाई पनि मारिदिने
भनेपछि डरायौं । आमा ३ बजे तिर चर्चबाट आउनु
भयो । हामीले केहि भनेनौं । एकछिन पछि म
ट्वाइलेट गएँ । पिसाब पोलेकाले म ट्वाइलेट भित्रै
रोएर बसेँ । आमाले ढोका ढक्ढक्याउँदै किन यत्रो बेर
लाग्यो भनेपछि खोलेँ । आमाले मलाई तेल किनेर ल्याउन पैसा दिनु भयो । म
केहि नभनि पसलमा गएँ । म पसल
गएको बेला बहिनीले आमालाई बाबालाई नसुनाउने भए
दिदिलाई आज दिउँसो के भयो सुनाउँछु भनिछ ।
अनि आमाले बहिनीलाई बाबा घरमा हुनुहुन्न भन भन्नु
भएछ । बहिनीले दिउँसो उसले देखेको कुरा सुनाउँदै गर्दा म पुगेँ । अनि आमाले मलाई सोध्नु भयो । मैले
बाबाले मार्नुहुन्छ भन्दै सुनाउन मानिन । तर आमाले
बाबा छैन म बाबालाई सुनाउँदिन भनेपछि सुनाए ।
बाबाले त्यस्तो गरेको भए प्रहरीलाई भन्नुपर्छ । जेल
पठाउनुपर्छ भन्नु भयो । अनि मैले
पहिला देखीको सबै कुरा सुनाए । आमालाई सुनाउँदै गर्दा बाबा आइपुग्नु भयो । आमा बाबासंग झगडा गर्न
थाल्नु भयो । मेरो छोरीलाई किन त्यस्तो गरेको भन्दै
झगडा गर्नु भयो । म त्यो बेला बाबालाई छलेर बाहिर
निस्किए । बाहिरबाट आमा बाबाको झगडा सुन्दै
थिए । आमाले प्रहरीलाई भन्छु भन्दै हुनुहुन्थ्यो ।
बाबाले त्यसो गरिस भने सबैलाई मारेर म भाग्छु भन्दै हुनुहुन्थ्यो । बाबाले आमालाई कोठबाट बाहिर
निस्कन दिनु भएन । अनि म दौडदैं प्रहरीमा आएँ ।
अनि आन्टीलाई सबै कुरा लगेर सुनाए ।
अनि प्रहरी गएर बाबालाई सानी बहिनीलाई लिएर
भाग्दै गर्दा समाते । अब बाबालाई कारबाही हुन्छ रे, जेल
जानु हुन्छ रे

Post a Comment