Get

Home » » किन हुदैन चाहेको बेला यौन उत्तेजना ?

किन हुदैन चाहेको बेला यौन उत्तेजना ?

Written By Unknown on Monday, June 10, 2013 | 8:46 PM

यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने
गर्दछ । महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग
मुलायम भै फैलिने र रसिलो हुने
प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ । धेरै
महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत
कारणहरुले पनि यौन उत्तेजना आउदैन । केहि महिलाहरुमा संक्रमण,
हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले
पनि यौन उत्तेजना नआउने हुन्छ । पुरुषहरुमा भने
प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने
समस्या आउनसक्छ । पुरुषमा पनि शारिरीक रोग,
मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ । तर यौन
क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत
समस्या भएको बुझ्न सकिन्छ । प्रायः डर, त्रास,
उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले
पनी यौन उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै
गएपछि यौन उत्तेजनाको समस्या पनी बढ्दै जाने गर्छ । यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र
त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै
लानुपर्ने हुन्छ ।
चरम आनन्द नहुने समस्या
यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने
समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् । पहिलो महिलाकै
आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र
दोस्रो कारण पुरुषमा यौन ज्ञान,
अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र
सामाजिक दृष्टिकोणका कारण महिलाको यौन
आवश्यकता पुरा नहुनु हो । पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन
वा वीर्य स्खलननै नहुनसक्छ । हस्तमैथुन र अन्य
तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय
पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ ।
यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल
वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले
पनि यस्तो अवस्था श्रृजना हुनसक्छ ।
यौन शिक्षा वा ज्ञान,
यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच
समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ ।
विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट
आनन्दको चरणतिर लानुपर्ने हुन्छ । प्राकृतिक
हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम
सुखको चरणमा पुग्ने भएकाले महिलालाई
यस्तो चरणसम्म पु¥याउन पुरुषले बिस्तारै
सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ ।
शीघ्रपतन
किशोर तथा नवविवाहित पुरुषहरुमा यौन अनुभव
कमी शीघ्रपतनको कारण हो ।
महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै
वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ । यो समस्या अधिकांशमा मनोगत हुने गर्छ ।
यसको निराकणका लागि यौन ज्ञान, यौन
सम्बन्धी भ्रमको निवारण र
श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ । पुरुष
उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव
भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर
केहि सेकेण्डका लागि दुई औँलाले थिचेर
उत्तेजना अलिकम भएपछि छोड्ने
तरीका पनि अपनाउन सकिन्छ ।
चिकित्सकको सल्लाह अनुसार औषधि पनि लिन
सकिन्छ । समागममा दुखाई
समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई
अनुभव हुनसक्छ । यस्तो दुखाई प्रायः सम्भोगको बेला र
कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ ।
यस्तो दुखाई हुनुका मुख्य कारणहरु
समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन
वा जननेन्द्रियका अन्य रोगहरु हुन् ।
केहि महिलाहरुलाई यौनाङ्गमा पुरुष लिङ्ग
छिरेपछि मांसपेशीको संकुचन भई पिडा अनुभव हुन्छ
। यौन अंगमा शारिरीक हिसावले गड्बडी हुँदैन तर
सम्भोगको कल्पना मात्रले पनि यस्तो दुखाई अनुभव हुनसक्छ । यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग
विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर
जनेन्द्रीयमा कुनै समस्या छ कि भनी निक्र्यौल गर्न
आवश्यक हुन्छ ।
.
भिडियो हेर्नको लागि तलको बक्सको बिचमा क्लिक
गर्नुहोस
Share this article :

Post a Comment