Get

Home » , , » स्वर्गीय रेग्मीको छोरी "भावना" को बिहे

स्वर्गीय रेग्मीको छोरी "भावना" को बिहे

Written By Unknown on Sunday, January 26, 2014 | 12:38 AM

 चलचित्र निर्देशक शिव रेग्मीले बिरामी अवस्थामै भनेका रहेछन् ‘मलाई जे जस्तो होस्, छोरीको बिहे माघमै गर्दिऊँ ।’ दुःखद कुरो, उनी अहिले यस धर्तीमा छैनन् । परिवारजनले भने उनको चाहना पुरा गरिदिए ।

उनकी छोरी भावनाको शनिबार चितवनमा बिहे भएको छ । काठमाण्डौमा बस्दै आएका एक व्यापारी युवकसँग उनको बिहे भएको हो । उनको वर स्वर्गीय रेग्मीले नै पक्का गरिदिएका थिए । काठमाण्डौमा रहँदा रेग्मी र केटाको परिवार एउटै घरमा बस्ने गर्दथे ।

रेग्मी परिवारमा बरखी भएकोले भावनाको मावलीबाट बिहे आयोजना गरिएको थियो । बिहेमा सहभागी नायक एवं निर्माता विरेन श्रेष्ठले अनलाइनखबरलाई भने, ‘बिहेमा खासै चहलपहल थिएन, सामान्य तवरले नै भावनालाई अन्माइएको थियो ।

रेग्मी परिवारमा छोराको पनि बिहे हुने तयारी छ । स्वर्गीय रेग्मीले छोराका लागि पनि निधनअघि नै बुहारी पक्का गरिदिएको बुझिएको छ । छोराको बिहेको मिति निर्धारण गरिएको छैन तर गृह जिल्ला चितवनमै केटी खोजिएको रेग्मी परिवारका एक सदस्यले बताए ।
Share this article :

Post a Comment